रामेछाप जिल्लाकै सर्वाधिक पुरस्कार धनराशि भएको भुजी लिग रनिङ सिल्ड फुटबल प्रतियोगिता शुक्रबारबाट सुरु हुँदै छ । भुजी खेल मैदानमा हुने फुटबलमा नौ टोलीले भाग लिने बिहीबार आयोजक फुटबल क्लबले जानकारी दिएको छ ।
आयोजकका अनुसार पिआइसी खिजी, जिवाइसी गुप्तेश्वर, हेल्पिङ ह्यान्ड भुजी, जिरी, सिआइसी प्रीति, बाम्ती, लिखु भुजी, एबिसी मन्थली र एफसिबीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको फाइनल २९ असोजमा हुनेछ । विजेताले एक लाख २७ हजार र उपविजेताले ६७ हजार सात सय रुपैयाँ हात पार्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्ताले पनि पुरस्कार पाउनेछन् ।