विश्वकप छनोटको सुपर सिक्समा नेपाल, शुक्रबारको खेल महत्त्वपूर्ण

बिहिबार, २३ असोज, २०८२
डिजिटल संस्करण

एक खेल बाँकी रहँदै नेपाल एसिया एन्ड पूर्वी एसिया प्यासिफिकबाट विश्वकप छनोटको सुपर सिक्समा पुगेको छ । बिहीबार भएको खेलमा जापानले कुवेतलाई हराएसँगै नेपालले आफ्नो स्थान पक्का गराएको छ । एक जितमै जापान पनि सुपर सिक्समा पुगेको छ भने कुवेत समूह चरणबाटै बाहिरिएको छ । 

बुधबारको खेलमा कुवेत नेपालसँग ५८ रनले पराजित भएको थियो । बिहीबार जापानसँग पाँच विकेटले पराजित भएको हो । 

समूह २ को अन्तिम खेल शुक्रबार नेपाल र जापानबिच हुँदै छ । यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण छ । किनकि दुवै टोली सुपर सिक्समा जाने भएपछि समूहचरणको अंकसमेत सुपर सिक्समा जोडिनेछ । एउटै समूहमा रहेको टोलीसँग सुपर सिक्समा प्रतिस्पर्धा हुँदैन । अन्य समूहका चार टोलीसँग मात्र प्रतिस्पर्धा हुन्छ । सुपर सिक्समा पनि उत्कृष्ट तीन स्थानमा पुग्ने टोलीले आगामी वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछन्। शुक्रबारको नेपाल र जापानबिचको खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ। 

सुझावित समाचार