न्यायसेवाका दुई प्रथमस्तरका कर्मचारीको सचिवमा बढुवा भएको छ। बिहीबार बसेको न्यायसेवा आयोगको बैठकले न्यायपरिषद्का सहसचिव जितेन्द्रबाबु थपलिया तथा नायब महान्यायधिवक्ता उद्धवप्रसाद पुडासैनीको सचिवमा बढुवा सिफारिस भएको हो।
थपलियालाई न्याय परिषद् तथा पुडासैनीलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदस्थापनको सिफारिस भएको छ। त्यस्तै, बेपत्ता व्यक्तिको छानबिन आयोगका सचिव सूर्यराज दाहालको महान्यायाधिवक्ता कार्यालयमा सरुवा सिफारिस भएको छ। बैठकले ठुलो संख्यामा कर्मचारीको सरुवा पनि गरेको छ।