महालक्ष्मी विकास बैंकका ग्राहकलाई र्‍याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट

बिहिबार, २३ असोज, २०८२
डिजिटल संस्करण

महालक्ष्मी विकास बैंक लिमिटेडले चाडपर्व तथा विदेश यात्रा गर्ने यात्रुहरूलाई लक्षित गर्दै र्याडिसन होटेल लाजिम्पाट, काठमाडौंसँगको सहकार्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको र्याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ। 

सम्झौताअनुसार महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले उक्त होटेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको र्याडिसन एयरपोर्ट लाउन्जमा प्रदान गर्ने सेवासहित विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

र्याडिसन एयरपोर्ट लाउन्ज सेवामा १५ प्रतिशत, खाद्य तथा पेय पदार्थमा (इजाकाया होकाइडो होटेलसमेत) २० प्रतिशत, पेस्ट्री खरिद र ट्यानक्विलिटी स्पा सेवामा १५–१५ प्रतिशत तथा र्याडिसन फिटनेस सेन्टर (जिम)मा २० प्रतिशत छुट हुनेछ।

यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ।
 

सुझावित समाचार