सन् १९८३ : म्यानमारको राजधानी यांगुनको भ्रमणमा रहेका दक्षिण कोरियाली राष्ट्रपति चुन दु ह्वानमाथि उत्तर कोरियाली जासुसले बम प्रहार गरे । चुन बाँच्न सफल भए पनि आक्रमणमा २१ जनाको मृत्यु भयो भने ४६ जना घाइते भए ।
सन् १४४६ : कोरियाली वर्णमालासमेत भनिने हानगुल पहिलोपटक राजा सेजोङले प्रकाशित गरे ।
सन् १६६५ : लन्डनमा प्लेगको महामारी फैलिएपछि ब्रिटिस संसद्को बैठक पहिलोपटक अक्सफोर्ड विश्वविद्यालयमा बस्यो ।
सन् १७८१ : जर्ज वासिंटन नेतृत्वको अमेरिकी फौज र कोम्ट ड रोचम्बोको नेतृत्वमा रहेको फ्रान्सेली सेनाले अमेरिकी स्वतन्त्रता संग्रामअन्तर्गतको अन्तिम संघर्ष भएको योर्कटाउनमा बमबारी सुरु गरे ।
सन् १९४१ : अमेरिकी राष्ट्रपति फ्य्रांकलिन डी रुजवेल्टले एक गोप्य आणविक कार्यक्रमलाई स्वीकृति प्रदान गरे ।
सन् १९४२ : अस्ट्रेलियाको संसद्ले पारित गरेको ‘स्ट्याचुएट अफ वेस्टमिनिस्टर १९३१’ ले अस्ट्रेलियालाई बेलायती शासनबाट स्वयत्तता प्रदान गर्यो ।
सन् २००४ : अमेरिकी आक्रमणपछि तालिबान शासन अन्त्य भएसँगै पहिलो आमनिर्वाचन सम्पन्न भयो । निर्वाचनमा सन् २००१ देखि आन्तरिक राष्ट्रपति रहेका हमिद कार्जाई राष्ट्रपति चुनिए ।
सन् २००६ : उत्तर कोरियाले पहिलो आणविक परीक्षण गर्यो ।