कर्णाली याक्स स्पोर्टस् प्रालिले कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेतलाई नियुक्त गरेको छ।
बुधबार क्लबका अध्यक्ष झनकदत्त खनालले नेपालका पूर्वखेलाडी तथा प्रशिक्षक बस्नेतलाई दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि नियुक्तपत्र हस्तान्तरण गरेका हुन्।
आगामी मंसिरमा हुने एनपिएलको लागि कर्णाली याक्सले मुख्य प्रशिक्षकमा नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई नियुक्त गरिसकेको छ। ०८१ मंसिर १५ देखि ६ पुससम्म भएको प्रतियोगितामा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो। पहिलो संस्करणमा पनि मल्ल र बस्नेत टिमसाथ थिए।
कर्णाली याक्सले प्रतियोगिताको दोस्रो संस्करणका निम्ति मार्कीसहित सात खेलाडीलाई रिटेन गरिसकेको छ। कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीले रिटेन गरेको थियो। दीपेन्द, अर्जुन र युनिसविक्रम कर्णाली प्रदेशकै हुन्।
यता, क्लबले हस्पिटालिटी पार्टनरका अघिल्लो महिना मात्रै होटेल याक एन्ड यतीसँग सहकार्य गरेको थियो।