पार्टी पुनर्गठनको पहल लिन २८ राजनीतिकर्मीहरूको आह्वान

मंगलबार, २१ असोज, २०८२
डिजिटल संस्करण

विभिन्न पार्टीमा रहेका राजनीतिकर्मीहरूले दोस्रो र तेस्रो तहका नेताहरूलाई आ–आफ्नो पार्टी पुनर्गठनको पहल गर्न आह्वान गरेका छन्।

अरविन्द सिंह, अभिजित अधिकारी, अशेष घिमिरे, उषाकिरण तिम्सेना, करुणा पराजुली, जटिल कार्की, जेबी विश्वकर्मा, नवीन तिवारीसहित २८ जना राजनीतिकर्मीले यस्तो आह्वान गरेका हुन्।

‘लामो समयसम्म नेतृत्वमा बसेर राजनीतिलाई असफल बनाइरहेका मुख्य पात्रहरूलाई बिदा नगरीकन दलहरूको पुनर्गठन सम्भव छैन,’ उनीहरूले भने, ‘त्यसैले, आ–आफ्ना दलहरू पुनर्गठन गर्ने काममा कुनै ढिलाइ नगर्न सबै राजनीतिक दलका दोस्रो र तेस्रो तहका नेताहरू र ती पार्टीका जिम्मेवार सदस्यहरूलाई हामी आह्वान गर्दछौँ।’

जेन–जीको आन्दोलन आकस्मिक नभएको उनीहरूको बुझाइ छ। उनीहरूका अनुसार, राजनीतिमा संस्थागत भ्रष्टाचारविरुद्ध राजनीतिक पार्टीका कार्यकर्ता, नागरिक समाज, बुद्धिजीवी, सञ्चारमाध्यम तथा देशभित्र र बाहिर रहेका नेपालीहरूले आवाज उठाइरहेका थिए।

राजनीतिलाई भ्रष्टाचारमुक्त बनाउने मागसहित जेन–जीले आयोजना गरेको शान्तिपूर्ण र गरिमामय आन्दोलनमाथि सरकारले गरेको कायरतापूर्ण आक्रमण र नरसंहारमा जीवन गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूले आफ्नो आह्वान सार्वजनिक गरेका हुन्।

सुझावित समाचार