सूर्यज्योति लाइफद्वारा ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा डेढ करोड सहयोग

मंगलबार, २१ असोज, २०८२
डिजिटल संस्करण

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।

जेन–जी आन्दोलनको क्रममा क्षति भएको सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतलगायतका कार्यका लागि कम्पनीका सञ्चालक चूडामणि देवकोटा तथा प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले अर्थमन्त्रीसमक्ष सो रकमबराबरको चेक हस्तान्तरण गरेका हुन्।

कम्पनीले विगतमा समेत विशेष गरी शिक्षा र स्वास्थको क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको थियो। 

हाल सरकारले स्थापना गरेको उक्त कोषमा कम्पनीबाट भएको सहयोगले क्षति भएको भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतलगायतका कार्यका निम्ति सहयोग पुग्ने कम्पनीको विश्वास छ। यस प्रकारका अभियानमा सूर्यज्योति लाइफको निरन्तर साथ रहने प्रतिबद्धता कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले व्यक्त गरे।

सुझावित समाचार