फ्रान्समा थप राजनीतिक संकट : २६ दिनमै प्रधानमन्त्रीले दिए राजीनामा

सोमबार, २० असोज, २०८२
डिजिटल संस्करण

आर्थिक संकटका बिच फ्रान्समा राजनीतिक संकट पनि बढेको छ। प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले २६ दिनमै राजीनामा दिएका छन्। 

लेकोर्नु दुई वर्षभित्र नियुक्त हुने पाँचौँ प्रधानमन्त्री हुन् । फ्रान्समा पछिल्लो समय छिटो–छिटो प्रधानमन्त्री फेरिएका छन्। 

पछिल्लो समयमा फ्रान्समा सरकारविरुद्ध प्रदर्शन चर्किरहेको छ।  प्रदर्शनकारीले गरिबी र असमानताको विषय पनि उठाएका छन् । फ्रान्सको तथ्यांक ब्युरोका अनुसार हालैका वर्षमा फ्रान्समा असमानता तीव्र रूपमा बढेको छ । पछिल्ला प्रदर्शन राष्ट्रपति इमानुएल म्याक्रोँको पहिलो कार्यकाललाई हल्लाएको ‘पहेंलो भेस्ट’ आन्दोलनको सम्झना दिलाउने खालको छ । पहिलो भेस्ट आन्दोलनका क्रममा प्रदर्शनकारीले बढ्दो इन्धन मूल्य र व्यापारमैत्री नीतिविरुद्ध हप्तौँ विरोध प्रदर्शन गरेका थिए । जुन पछिल्लो समय हिंसात्मकसमेत बनेको थियो । फ्रान्समा एकैपटक राजनीतिक र आर्थिक संकट बढेको हो। 
 

सुझावित समाचार