सरकारले सात सहसचिवको सरुवा गरेको छ। गत १२ असोजमा बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार भएको सरुवा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सार्वजनिक गरिएको हो ।
सरुवामा दुई सहसचिवलाई अतिरिक्त समूहमा राखिएको छ । जेन–जी आन्दोलनमा काठमाडौंका सिडिओ रहेका छविलाल रिजाल र भिजिट भिसा प्रकरणमा छानबिनमा रहेका तीर्थराज भट्टराईलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको हो ।
