सरकारको नेतृत्व गम्भीर र इमानदार हुँदा जनताले ‘सरकार छ’ भन्ने अनुभूति गर्न पाए : रास्वपा

आइतबार, १९ असोज, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपत् व्यवस्थापनमा सरकारको सक्रियताको प्रशंसा गरेको छ । आइतबार बसेको पार्टीको भर्चुअल बैठकपछि  जनताले ‘सरकार छ’ भन्ने अनुभूति गर्न पाएको रास्वपाले टिप्पणी गरेको छ । 

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान राज्य संयन्त्रबाट भएको तदारुकताको सराहना । सरकारको नेतृत्व गम्भीर र इमानदार हुँदा जनताले ‘सरकार छ’ भन्ने अनुभूति गर्न पाएको छ। सरकार बलियो सांसदको धेरै संख्याले हाेइन, बलियो सार्वजनिक सेवाले हुने हो।’

रास्वपाले यो विपतकाे घडीमा आफ्नो ठाउँबाट गर्दै गरेको समन्वय र सहयोगलाई निरन्तरता दिने निर्णय पनि गरेको छ । 

बैठकका थप निर्णयहरू यस्ता छन्– 

१. आवश्यक उद्धारकार्यमा आफ्नो सिप र दक्षताअनुसार संलग्न हुन पार्टीको सबै तहमा अनुरोध–आह्वान गरिएको छ। 

२. हालसम्मको विवरणबारे एक–अर्कालाई जानकारी गराउने काम भयो।

३. तुलनात्मक रूपमा कम प्रभावित प्रदेशहरूलाई विपत्तिबाट धेरै प्रभावित प्रदेशहरूलाई सहयोग गर्न सम्बन्धित प्रदेशका सबै कमिटीलाई अनुरोध। 

४. आवश्यकताअनुसार राजमार्गहरूमामा यथाशीघ्र ‘हेल्प डेस्क’ स्थापना गर्न आह्वान। 

५. स्थिति सामान्य अवस्थामा नआएसम्म हरेक दिन साँझ ७ बजे अपडेट  मिटिङ गरिने र प्रदेश–जिल्ला कमिटीले जानकारी गराउने।
 

सुझावित समाचार