शनिबारयता विपतमा ज्यान गुमाउनेको संख्या ५२ पुग्यो

आइतबार, १९ असोज, २०८२
डिजिटल संस्करण

शनिबारयता विपतमा ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ। सशस्त्र प्रहरी बलका अनुसार कोशी प्रदेशमा मात्र ४९ जनाको मृत्यु भएको छ । कोशीको पनि इलाममा मात्र ३७ जनाको मृत्यु भएको छ । 

त्यस्तै, मधेशमा तीन र बागमतीमा एकजनाको मृत्यु भएको छ। मधेशको रौतहटमा चट्याङबाट तीनजनाको तथा बागमतीको काभ्रेपलाञ्चोकमा सुक्खा पहिरोबाट एकजनाको मृत्यु भएको हो । 
 

सुझावित समाचार