बिपी राजमार्ग कम्तीमा चार दिन बन्द हुने

आइतबार, १९ असोज, २०८२
डिजिटल संस्करण

बिपी राजमार्ग कम्तीमा चार दिन बन्द हुने भएको छ। रोशी खोलाले केही स्थानको डाइभर्सन बगाएको तथा केही सडकसमेत कटान गरेकाले चार दिनपछि खुलाउने गरी तयारी अघि बढाइएको सडक विभागका महानिर्देशक डा. विजय जैसीले बताए। 

शनिबारको अविरल वर्षापछि रोशी खोलाले बिपी राजमार्गमा क्षति पुर्याएको हो। सकेसम्म छिटो सडक खोल्ने गरी काम अघि बढाइएको भौतिक योजना तथा निर्माण मन्त्रालयले जनाएको छ। आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी यसबारे जानकारी दिइएको हो। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ६, चौकीडाँडाबाट शनिबारदेखि नै पुनर्निर्माणको काम सुरु भइसकेको मन्त्रालयले जनाएको छ। 

सुझावित समाचार