बाढी–पहिरोले इलाममा मात्र ३७ जनाको मृत्यु

आइतबार, १९ असोज, २०८२
डिजिटल संस्करण

शनिबारदेखिको अविरल वर्षापछि इलाममा ठुलो मानवीय क्षति भएको छ। प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार ३७ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन्।

इलामका सात पालिकामा मावनीय क्षति भएको छ। माइजोमाई र  देउमाई नगरपालिकामा मात्र आठ–आठजनाको मृत्यु भएको छ। 

त्यस्तै, सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकामा ६–६ तथा सूर्याेदयमा पाँच, माङसेबुङमा तीन र फाकफोकथुममा एकजनाको मृत्यु भएको छ।

दुईजनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको र अन्य पाँचजनाको उद्धारको प्रयास भइरहेको प्रजिअ नेपालले जानकारी दिइन्। 
 

सुझावित समाचार