कोशीमा बाढीपहिरोबाट २० जनाको मृत्यु, ५३५ को उद्धार

आइतबार, १९ असोज, २०८२
डिजिटल संस्करण

कोशी प्रदेशमा मनसुनजन्य विपतमा शनिबारयता २० जनाको मृत्यु भएको छ। सबैभन्दा धेरै इलाममा १८ जनाको मृत्यु भएको छ। 

त्यस्तै, खोटाङ र उदपुरमा एक–एकजनाको मृत्यु भएको छ। ५३५ जनाको उद्धार गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलले बताए। 

इलाममा धेरै ठाउँमा क्षतिको सूचना आएकोमा प्रतिकूल मौसम र सडक अवरुद्ध भएका कारण प्रहरी पुग्न नसकेको उनी बताउँछन् । 
 

सुझावित समाचार