राष्ट्रपति रामचन्द्र पौडेलले देशभर जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढी–पहिरो तथा डुबानको खतराबारे सजग रहन अपिल गरेका छन् । शनिबार विज्ञप्ति जारी गर्दै उनले विपतमा धैर्यतापूर्वक चुनौतीको सामना गर्न सबैलाई आग्रहसमेत गरेका छन् ।
राष्ट्रपति पौडेलले यस विपत्तिको घडीमा शीघ्र उद्धार र राहतका लागि खटिन राज्यका सबै निकायलाई अपिल पनि गरेका छन् ।
