तीन दिन लामो दूरीका सवारीसाधन चलाउन रोक लगाउने निर्णय

उपत्यकाबाट बाहिरिन र भित्रन पनि रोक

शनिबार, १८ असोज, २०८२
डिजिटल संस्करण

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दिनका लागि लामो दूरीका सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेको छ। मनसुनजन्य विपतकाे जोखिम रहेको भन्दै लामो दूरीका र उपत्यका भित्रने तथा बाहिरिने सवारीसाधन चलाउन नदिने निर्णय गरेको हो। केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले यस्तो निर्णय गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्। 

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट सबै जिल्लामा चल्ने लामो दूरीका सवारीसाधन आवातजावत रोक लगाइएको हो। यो अवधिमा अत्यावश्यकबाहेकको अवस्थामा लामो यात्रा नगर्न र जोखिमयुक्त ठाउँमा नजानसमेत आग्रह गरिएको छ। 

शनिबार बिहानैदेखि उपत्यकासहित विभिन्न स्थानमा निरन्तर पानी परिरहेको छ। आज दिउँसो र बेलुका भारी वर्षाको आकलन गरिएको छ। सोमबारबाट मात्र मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

सुझावित समाचार