बेनी–जोमसोम सडक रातको समयमा तीन दिन बन्द

शुक्रबार, १७ असोज, २०८२
डिजिटल संस्करण

स्थानीय प्रशासनले म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा तीन दिनका लागि रातको समयमा सवारीसाधन सञ्चालन गर्न रोक लगाएको छ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा आज बसेको सुरक्षा निकायको बैठकले असोज १८ देखि २० गतेसम्म साँझ ५ देखि बिहान ६ बजेसम्म बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा सवारीसाधन बन्द गर्ने निर्णय गरेको हो। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशलगायत देशका विभिन्न भू–भागमा मध्यमदेखि र भारी वर्षाको चेतावनी दिएसँगै म्याग्दीमा सतर्कता अपनाइएको छ। 

सुझावित समाचार