खाडी देश कतारमा रहेका नेपालीहरूले विजयादशमीको अवसरमा टीका लगाएर शुभकामना आदानप्रदान गरेका छन्। कतारको राजधानी दोहा र नजिकै विभिन्न कम्पनीमा रहेका नेपालीहरूले विजयादशमीको टीका ग्रहण गरेका छन्।
कतिपय परिवारसहित बस्दै आएकोले पनि दशमीको टीका ग्रहण गरेका छन्। गैरआवासीय नेपाली संघका अध्यक्ष कृष्ण पन्थीअनुसार नेपालीहरू परिवारसहित बस्दै आएकोले शुभचिन्तक र कम्पनीमा काम गर्ने नेपाली श्रमिकसँगै टीका लगाएर शुभकामना आदानप्रदान गर्ने गरेको बताए।
व्यवसायी लक्ष्मी ठाकुरले आफन्तहरूसँगै यस वर्ष टीका ग्रहण गरिएको बताएका छन् । जमरा र निधारमा टीका लगाएर यसपटकको विजयादशमी कतारमा मनाएको पत्रकार रामएकबाल रामले बताए । यसपटक घर जान नपाएकोले यतै टीका लगाइएको उनले बताए । नेपालीहरू दसैँमा उत्साहपूर्वक टीका र जमरा ग्रहण गर्ने गरेको पत्रकार रामको भनाइ छ।