नेपाल अन्तर्राष्ट्रिय महिला टी- २० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा घरेलु टोली मलेसियासँग ३ रनले पराजित भएको छ।
बिहीबार मलेसियाको बायुमास मैदानमा अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा नेपालले मात्र ३ रन जोडेको थियो।
टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा नेपालले ७ विकेट गुमाउँदा मात्र एक सय १ रन बनायो।
नेपालको लागि पूजा महतोले २९ बलमा सर्वाधिक ३० रन बनाउँदा सम्झना खड्काले १६ बलमा १८ रन जोडिन्। मलेसियाको लागि नुर डानियाले सर्वाधिक ३ विकेट लिइन्।
यसअघि मलेसियाकी कप्तान विनिफ्रेड डुरैसिंगमले सर्वाधिक २६ रन बनाइन्। उनले ४१ बलको सामना गर्दा एकै बाउन्ड्री प्रहार गर्न सकिनन्। ओपनर ऐना हमिजा हसिमाले २६, मास ऐसाले २५ रन बनाएका थिए।
नेपालको लागि सुमन विष्टले सर्वाधिक दुई विकेट लिइन्। उनले ४ ओभरमा एक मेडनसहित २१ रन खर्चिएकी हुन्। पूर्वकप्तान रुबिना क्षेत्रीले एक विकेट लिएकी थिइन्।
मलेसिया भ्रमणमा रहेको नेपालले विश्वकप छनोटअघि पाँच ट्वान्टी-२० शृंखला खेल्दै छ।