वीरगन्जको गीतामन्दिर रोडमा मंगलबार राति ग्याङफाइट हुँदा एक युवकको मृत्यु भएको छ।
गहवामाई मेलाको भिडभाडकै बिच राति करिब १२ देखि १ बजेतिर माईस्थान–घडिअर्वा पोखरी क्षेत्रबिच दुई युवा समूहबिच झडप भएको थियो। झडपमा करिब २० वर्षीय गोल्डेन गम्भीर घाइते भएका थिए। उपचारका लागि नारायणी अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले गीतामन्दिर रोड सिल गरी अनुसन्धान सुरु गरेको छ। संलग्न भएको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिइएको र अन्यको खोजी भइरहेको प्रहरीको भनाइ छ।
मृतकको शव नारायणी अस्पतालमा राखिएको छ। थप विवरण आउन बाँकी छ।