दसैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट गाउँ फर्किनेको संख्या बढ्दै गएको छ । घटस्थापनादेखि हिजो मंगलबारसम्म आठ दिनमा पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौं उपत्यका छाडेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही असोज ६ गते घटस्थापना सुरु भएको दिनदेखि मंलबारसम्म पाँच लाख ५३ हजार २६१ जना यात्रु विभिन्न नाकाबाट काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् ।