नेपालले टी-२० अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा वेस्ट इन्डिजविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । युएईको शारजहाँ क्रिकेट रंगशालामा वेस्ट इन्डिजका कप्तान अकिल होसेनले फिल्डिङको निर्णय लिए ।
नेपालले टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ। आसिफ शेख, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीलाई विश्राम दिएको छ । लोकेश बम, आरिफ शेख र साहब आलम टिममा आएका छन् ।
नेपालले एक खेलअगावै शृंखला आफ्नो पक्षमा पारिसकेको छ । नेपालले पहिलोपटक पूर्ण सदस्य राष्ट्रविरुद्धको द्विपक्षीय शृंखला ऐतिहासिक उपलब्धि हासिल गरेको हो ।
नेपाल पहिलो खेलमा १९ र दोस्रो खेलमा ९० रनले विजयी भएको थियो ।