शारदा नदीामा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका २ डाँडागाउँका १८ वर्षीय सुदर्शन उपाध्याय रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सोमबार दिउँसो शारदा नगरपालिका १, श्रीनगरस्थित शारदा नदीमा साथीहरूसँग पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।
स्थानीय र प्रहरीको सहयोगमा खोजतलास गर्ने क्रममा पौडी खेली रहेको स्थानमै पानीभित्र जालीभित्र अट्किएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिए । मृतक उपाध्यायको शव पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल लगिएको प्रहरीको भनाई छ।