अफ्रिकामा संकट बिरलै राजनीतिबाट हुन्छ, बरु पानीबाट सुरु हुन्छन् । धेरै कम पानी, धेरै फोहोर वा अनुचित रूपमा पानीको बाँडफाँड इत्यादि । खडेरीले पशुपालकहरूलाई उनीहरूको भूमिबाट विस्थापित गर्छ भने बाढीले बजार र विद्यालय बगाउँछ । खडेरी र बाढी दुवै अवस्थामा परिवार विस्थापन, भोकमरी र द्वन्द्वको जोखिममा पर्छन् । वर्षाको ढाँचा परिवर्तन हुँदा साहेलमा किसान र गोठालाबिच झडप हुने गरेको छ । दक्षिणी अफ्रिकी सहरमा सुक्खा धाराहरूले अशान्ति बढाएको छ । प्रत्येक उदाहरणले एउटा साधारण सत्यलाई जोड दिन्छ : जब पानी वितरण प्रक्रिया निकम्मा हुन्छ, अर्थतन्त्र र सामाजिक सम्झौता पनि असफल हुन्छन् । यो नाजुक अवस्था नीतिगत र संरचनात्मक छ । अफ्रिकाको लगभग ९५ प्रतिशत कृषि भूमि अझै पनि वर्षामा निर्भर छ, जसका कारण उनीहरू जलवायु परिवर्तनको जोखिममा पर्छन् । जल सुरक्षा धेरै क्षेत्रबाट दबाबमा परेको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आइपिसिसी)ले चेतावनी दिएको छ । अर्थात्, के निर्माण गर्ने, तिनको वित्तपोषण कसरी गर्ने र निर्णय कसले लिन्छ भन्ने कुरालाई पानीको उपलब्धताले तय गर्नुपर्छ । पानी भण्डारण, व्यवस्थापन र निष्पक्ष रूपमा वितरण गर्दा समुदाय कसरी अझ सबल हुन्छन् भनेर मैले प्रत्यक्ष देखेको छु ।
तैपनि यो तदरुकताका बाबजुद विश्वभरका लगभग आधा मानिसहरू बसोवास गर्ने उप–सहारा अफ्रिकाका मानिसलाई अझै पनि पिउनेपानीको अभाव छ । त्यो एकल तथ्यले हाम्रा प्राथमिकतालाई पुनः व्यवस्थित गर्नुपर्छ । पानी केवल मानव अधिकार मात्र होइन; यो विकासको आधारभूत पूर्वाधार पनि हो । खेतमा के उब्जाइन्छ, कारखानामा के उत्पादन गरिन्छ र कक्षाकोठामा के सिकाइन्छ भन्ने कुरालाई पानीले प्रभाव पार्छ । जब खेत वा धारा सुक्न थाल्छन्, विशेष गरी महिला र किशोरी ठुलो आघातमा पर्छन् । पानी लिन घण्टौँ हिँड्नु पर्दा विद्यालयमा अनुपस्थित त छँदै छ, उनीहरू महत्वपूर्ण अवसर गुमाउन पनि बाध्य छन् । महिला र किशोरीले हरेक दिन लगभग २० करोड घण्टा पानी संकलनमा बिताउँछन्, जुन समयलाई महŒवपूर्ण ज्ञान सिक्न, आयआर्जन गर्न वा नेतृत्व गर्न उपयोग गर्न सकिन्छ । असमानता पानी संकलनमा मात्र सीमित छैन । यसले सरसफाइमा पनि असर गरेको छ । अफ्रिकाको कुनै पनि देश २०३० सम्ममा सुरक्षित रूपमा व्यवस्थित सरसफाइमा विश्वव्यापी पहुँच प्राप्त गर्ने अवस्थामा छैन ।
पानी वितरणमा प्रयोग हुने पाइपले मात्र आत्मसम्मान ल्याउँदैन बरु दत्तचित्त भएर यस कार्यमा लाग्ने मानिसले ल्याउन सक्छन् । समुदायले प्राथमिकता निर्धारण गर्न मद्दत गरे, शुल्क स्पष्ट भए र प्रयोगकर्ताहरूको वास्तविक आवाज व्यक्त गर्न सक्ने भए मात्र कुशल र दिगो सेवा उपलब्ध हुन्छ । सरकारले प्रयोगकर्ताहरूको वास्तविक आवाज सुन्नुपर्छ र नीतिले दैनिक वास्तविकतालाई प्रतिबिम्बित गर्नुपर्छ । यसको अर्थ स्थानीय पानीको अवस्थासँग मेल खाने मापदण्ड, दीर्घकालीन मर्मत–सम्भारका लागि छुट्याइएको बजेट र समुदायमा पहुँच हुनुपर्छ । केही मोडेलहरूले काम गर्छन् । पानी र सरसफाइमा लगानी गरिएको प्रत्येक एक अमेरिकी डलरले समय बचत, राम्रो स्वास्थ्य र उच्च उत्पादकमार्फत सामाजिक र आर्थिक लाभमा लगभग चार अमेरिकी डलर प्रतिफल दिने विश्वव्यापी विश्लेषणहरूले सुझाव दिएको छ । साना आकारका फिल्टरेसन, चुहावट पत्ता लगाउने विधि, सौर्य पम्पिङ र पानीको पुनः प्रयोगजस्ता सरल उपकरण र तालिम स्थानीय उद्यमसँग जोड्दा छिटो मापन गर्न सकिन्छ । कोष साझेदार, परोपकारी संस्था र राम्रो काम गर्नेलाई पुरस्कारको व्यवस्थाले पनि समस्या समाधानमा सहयोग गर्न सक्छन् ।
महिला र किशोरीले हरेक दिन लगभग २० करोड घण्टा पानी संकलनमा बिताउँछन्, जुन समयलाई महत्वपूर्ण ज्ञान सिक्न, आयआर्जन गर्न वा नेतृत्व गर्न उपयोग गर्न सकिन्छ।
यस्तै, एउटा प्लाटफर्म जायद सस्टेनेबिलिटी पुरस्कार पनि सान्दर्भिक हुनेछ । यसले मानिसहरूलाई केन्द्रमा राख्दै व्यावहारिक, पहुँचयोग्य समाधानलाई मान्यता दिन्छ । पुरस्कारले कसरी नवीन र समावेशी समाधानलाई प्रोत्साहित गर्छ भन्ने कुरा पानी वर्गीकरण छनोट समितिको नवनियुक्त सदस्यको रूपमा म आफँैले पनि देखेको छु । २०२५ मा यसले स्काइजुइस फाउन्डेसनलाई सरल, पावररहित फिल्टरेसन प्रणाली (गुरुत्वाकर्षण–फेड अल्ट्राफिल्ट्रेसन)का लागि सम्मानित ग¥यो जसले परम्परागत पूर्वाधारबाट बहिष्कृत दुर्गम र सेवाबाट वञ्चित समुदायमा सुरक्षित पिउनेपानी वितरण गर्दै आएको छ । सन् २०२३ मा यसले इउ एट भी (पानीसँग राम्रो)लाई कम सेवाबाट वञ्चित सहरी छिमेकहरूमा घरेलु धारा ल्याउने र कम आय भएका बासिन्दाहरूको बिल घटाउने कार्यका लागि सम्मानित ग¥यो ।
यी उदाहरणले समावेशी प्रगति सम्भव छ भनेर देखाउँछन् । तर, नीति–निर्माणको तहमा बसेका निर्णयकर्ताले आफ्ना भनाइलाई कार्यान्वयन ल्याएमा मात्र यो सम्भव हुन्छ । त्यसोभए, अब उनीहरूले के गर्नुपर्छ ? प्रतीकात्मकतालाई होइन, सेवालाई केन्द्रमा राख्नुहोस् । सहरी पाइप फुटेपछि मर्मत गर्न जुन तदारुकताका साथ सम्पन्न गरिन्छ, ग्रामीण हातेपम्प बिग्रँदा पनि त्यस्तै व्यवहार आवश्यक पर्छ । बजेट प्रत्यायोजन र प्रत्येक सम्झौता पारदर्शी बनाइनुपर्छ । प्रत्येक सम्झौता पारदर्शी बनाउनुहोस् र प्रत्येक समुदायलाई के वाचा गरिएको थियो भनेर त्यसको समीक्षा गर्नुहोस । सार्वजनिक मञ्च आयोजना गरिनुपर्छ जसमा उपयोगिता, प्रयोगकर्ता र नियामकहरूले समान स्कोर कार्डको सामना गर्छन् र ती परिणामले लगानीलाई मार्गदर्शन गर्छन् । स्थानीय प्राविधिकद्वारा देशभित्रै स्रोतसहित खरिद नियमहरूले स्थानीय रूपमा मर्मत गर्न सकिने प्रविधिहरूलाई पुरस्कृत गर्नुपर्छ ।
सरकारहरूले अनुमानित वित्त र राजनीतिक इच्छाशक्तिमार्फत जब यी संकेत प्रवाहित गर्छन्, उद्योगले जलाधार संरक्षणका लागि सहलगानी गर्न आफ्नो इच्छा देखाउन सक्छन् र नागरिकले विश्वास गर्नेछन् कि उनीहरूको आवाज महत्वपूर्ण छ । प्रत्येक परियोजनाको परीक्षण सरल हुनुपर्छ : के यसले किशोरीहरूको समय बचत गर्छ ? बच्चाहरूलाई स्वस्थ राख्छ र मानिसहरू बस्ने ठाउँमा रोजगारी सिर्जना गर्छ ? पानी प्रशासन र पूर्वाधारलाई योजना बनाउनुहोस्, फुटनोट होइन । यसको अर्थ सही ठाउँमा भण्डारण, चुहावट नहुने पाइप, निरन्तर चलिरहने उपचार, र प्रशिक्षित र भुक्तानी गरिएका अपरेटर हुन् । जब प्रणालीले काम गर्छ, स्वास्थ्यमा सुधार हुन्छ र स्थानीय समुदाय फस्टाउँछन् । जब तपाईं यो पूर्वाधारलाई पहिलो स्थानमा राख्नुहुन्छ, सम्मान र समृद्धि पछ्याउनेछ ।
(मलिक अफ्रिकन सिभिल सोसाइटी नेटवर्क फर वाटर एन्ड सेनिटेसन (एएनइडब्लू)का कार्यकारी सचिव हुन् )
अलजजिराबाट