कर्मचारीले सफा गरे संसद् सचिवालयको आगजनीको फोहोर

आइतबार, १२ असोज, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनमा आगजनी गरिएका सवारीसाधन जलेर थुप्रिएको फोहोर संघीय संसद् सचिवालयका कर्मचारीले सफाइ गरेका छन् ।

दसैँ बिदाको अघिल्लो दिन आइतबार संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको नेतृत्वमा कर्मचारीहरूले संघीय संसद् सचिवालयको भवन नम्बर १ परिसरमा थुप्रिएको फोहोर सफा गरेको आन्तरिक सेवा तथा योजना शाखाका उपसचिव अधिराज राईले जानकारी दिए । 

२४ भदौको जेन–जी आन्दोलनमा भवन नम्बर २ परिसरमा रहेका सवारीसाधनमा आगजनी गरिएको थियो । आगजनीबाट १८ वटा गाडी र ३६ वटा मोटरसाइकल नष्ट भएका छन् । आगजनीबाट जलेका सवारीसाधनलाई पनि सचिवालय परिसरबाट अन्यत्रै व्यवस्थापन गरिएको छ ।

आगजनीबाट सिंहदरबारमा रहेका सचिवालयका दुवै भवन र काठघरहरू जोगिएका छन् ।

सुझावित समाचार