वेष्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित

शनिबार, ११ असोज, २०८२
डिजिटल संस्करण

पहिलो टी–२० भेटमा नेपालले वेष्ट इन्डिजलाई हराएको छ। शारजाहामा शनिबारदेखि सुरु भएको यूनिटी कप सिरिजको पहिलो खेलमा नेपाल १९ रनले विजयी भएको हो। 

टस हारेर पहिले ब्याटीङ गरेको नेपालले १४८ रन बनाएको थियो। जवाफी ब्याटीङमा वेष्ट इन्डिज १२९ रनमा समेटिएको हो। 

आइसिसीको फुल मेम्बर टिमविरुद्ध नेपालको यो पहिलो जित हो। जसकारण यो जित नेपालका लागि ऐतिहासिक बनेको छ। 

उत्कृष्ट बलिङको मद्दतमा नेपालले यो जित निकालेको हो। नेपालका लागि कुशल भुर्तेलले चार ओभरमा २ विकेट लिएर १७ रन मात्र दिएका थिए। त्यस्तै, रोहित पौडेल, ललित राजबंशी, दीपेन्द्रसिंह ऐरी, नन्दन यादब र करण केसीले १/१ विकेट हात पारे । 

ब्याटीङतर्फ नेपालका लागि कप्तान रोहित पौडेलले ३८ रन बनाए । त्यस्तै, कुशल मल्लले ३०, गुल्सन झाले २२ र दिपेन्द्रसिंह ऐरीले १७ रन बनाए। अन्य ब्याट्सम्यान चल्न सकेनन् । 
बलिङतर्फ वेष्ट इन्डिजका फाष्ट बलर ज्यासन होल्डरले ४ विकेट लिएका थिए। 

सुझावित समाचार