प्रधानमन्त्री सुशीला कार्कीले संविधान संशोधनका लागि आगामी निर्वाचनमा सहभागी हुन आह्वान गरेकी छिन्।
अन्तरिम सरकारको प्रधानमन्त्री बनेपछि बिहीबार पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै कार्कीले संविधान संशोधनको विषय अन्तरिम सरकारको कार्यक्षेत्रमा नपर्ने प्रष्ट पारेकी हुन्। २१ फागुनमा हुन लागेको निर्वाचनमा विदेशबाट पनि मतदान गर्न सक्नेबारे छलफल भइरहेको उनको भनाइ छ।
हेर्नुस् सम्बाेधनकाे पूर्णपाठ :