देउवादम्पती र दीपक खड्कामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान जारी, प्रहरीले फरेन्सिक परीक्षण गर्दै

बिहिबार, ९ असोज, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादम्पती र नेता दीपक खड्काउपर सम्पत्ति शुद्धीकरण अनुसन्धान जारी छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूउपर अनुसन्धान अघि बढाएको हो।

विभाग स्रोतका अनुसार देउवा दम्पत्ति र खड्कामाथि संकलित कागजात र प्रमाण हेर्ने काम भइसकेको छ। गत आइतबार विभागले देउवा र खड्का निवासमा गएर जलेका पैसा र सरसम्पत्ति हेरेर आइसकेको छ।

विभाग टोलीले निवासमा गएर क्षति र सम्पत्तिको मुचुल्का उठाएर ल्याएको थियो। बिहीबार विभागले छानविनका क्रममा प्राप्त कागजात र प्रमाणको ‘फरेन्सिक ल्याब टेस्ट’का लागि प्रहरीमा पठाएको छ।

‘विभाग टोलीले ल्याएको मुचुल्का र उपलब्ध भएका अन्य प्रमाणहरूको फरेन्सिक परीक्षणका लागि प्रहरीकोमा पठाइएको छ,’ विभाग स्रोत भन्छ, ‘परीक्षण भएर आएपछि अनुसन्धान अलि स्पष्ट होला।’

अहिले प्रारम्भिक छानविन मात्र चलिरहेको स्रोतले बताएको छ।

सुझावित समाचार