पशुपतिको राम मन्दिरबाट दुईवटा पेस्तोल बरामद

बिहिबार, ९ असोज, २०८२
डिजिटल संस्करण

पशुपति मन्दिरपरिसरबाट प्रहरीले दुईवटा पेस्तोल बरामद गरेको छ । काठमाडौं महानगरपालिका– ८, पशुपति क्षेत्रको राम मन्दिर जंगलबाट पेस्तोल दुई थान र म्याग्जिन तीन थान बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । 

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा रहेको उक्त पेस्तोल फेला पारी बरामद गरेको हो । सो पेस्तोलको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
हालैको जेनजी आन्दोलनमा ठुलो मात्रामा प्रहरीका हतियारसमेत लुटिएका थिए। 
 

सुझावित समाचार