दुई ठाउँमा पहिरो खस्दा मुग्लिन–काठमाडौं सडक पूर्ण रूपमा अवरुद्ध

बुधबार, ८ असोज, २०८२
डिजिटल संस्करण

पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौं सडकखण्डका दुई ठाउँमा पहिरो खसेपछि सडक पूर्ण रूपले अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार वर्षासँगै बुधबार साँझ घोप्टेभिर र जवाङखोलामा पहिरो खसेको हो।

चितवनको इच्छाकामना गाउँपालिका-४, घोप्टेभिर र धादिङको बेनिघाट, रोराङ गाउँपालिका-१० बाँदरमोड (जवाङखोला) पहिराे खसेकाे हाे।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा गत सोमबार पनि सुक्खा पहिरो खसेको थियो। तर, बुधबार फेरि पहिरो खसेको हो। पहिरो खसेपछि पोखराबाट काठमाडौंका लागि छुटेका र काठमाडौंबाट छुटेका गाडी अलपत्र परेका छन् । मुग्लिन–नारायणगढ सडक भने पहिरोका कारण मंगलबारबाट ठप्प छ।
 

सुझावित समाचार