कावासोतीमा एक पुरुषले श्रीमतीको हत्या गरी प्रहरीसमक्ष आत्मसमपर्ण गरेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती–८ ज्ञानोदय चोक नजिकै आज साँझ सवा ६ बजेतिर ४५ वर्षीय सूर्यप्रसाद पाण्डेले ४० वर्षीया श्रीमती संगीता पाण्डेको हत्या गरेका हुन् । उनले चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका हुन् ।
प्रहरीको अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ । संगीताको घटनास्थलमै मृत्यु भएको अनुमान गरिए पनि मध्यविन्दु प्रादेशिक अस्पतालमा लगिएपछि मात्र चिकित्सकले मृत घोषणा गरेका थिए ।
श्रीमान सूर्यप्रसादे श्रीमतीको पेटमा चक्कु प्रहार गरेका थिए । घटनास्थलमा चक्कु समेत बरामद गरेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गर्ने श्रीमान अहिले प्रहरी नियन्त्रणमा छन् । प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ । श्रीमान र श्रीमतीबिच घरायसी विवादका कारण झगडा हुँदा श्रीमानले चक्कु प्रहार गरेको स्थानीयलाई उद्दत गर्दै प्रहरीले जनाएको छ ।