विश्वमा पहिलोपटक शाकाहारी टुथपेस्ट ल्याउने कम्पनी एंकरको ब्रान्ड एम्बासडरमा शुभेक्षा खड्का नियुक्त भएकी छिन् । कम्पनीले नेपालमा आक्रामक बजार प्रवद्र्धनको रणनीतिसहित अन्तर्राष्ट्रिय छवि भएकी खड्कालाई ब्रान्ड एम्बासडर नियुक्त गरेको हो ।
कम्पनीले आफ्ना उत्कृष्ट उत्पादन प्रवद्र्धन गर्न ब्रान्ड एम्बासडर नियुक्त गर्दै आएको छ । कम्पनीले सहुलियत मूल्यमा उच्च गुणस्तरका टुथपेस्ट, टुथब्रस, साबुन र अन्य पर्सनल केयर प्रडक्ट्स उत्पादन गर्दै आएको छ । यी उत्पादन नेपाली उपभोक्तामाझ छिटो लोकप्रिय हुने कम्पनीको विश्वास रहेको छ ।