नेपाली क्रिकेट टोलीको अब नयाँ जर्सी

बुधबार, ८ असोज, २०८२
डिजिटल संस्करण

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ । क्यानले नयाँ जर्सीमा पहिलेको भन्दा केही परिमार्जन गरिएको छ । अहिलेको जर्सी गाढा नीलो र रातो रङ छ । नयाँ जर्सीमा काँधमा नेपालको झन्डाको चन्द्र र सूर्यअंकित छन् । यसको बिचमा प्रायोजक नासा सेक्युरिटिजको लोगो छ । नेपाली खेलाडीले नयाँ जर्सीमा वेस्ट इन्डिजविरुद्धको टी–२० आई सिरिजमा प्रतिस्पर्धा गर्नेछ ।

वेस्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गर्न नेपाली टोली युएईमा पुगिसकेको छ । नेपालले पहिलोपटक आइसिसी टी–२० विश्वकपको दुईपटक च्याम्पियनसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि आइसिसीको टेस्ट मान्यताप्राप्त राष्ट्रहरू आयरल्यान्ड, बंगलादेश र दक्षिण अफ्रिकाविरुद्ध नेपालले प्रतिस्पर्धा गरिसकेको थियो । गत वर्ष अमेरिका र वेस्ट इन्डिजले आयोजना गरेको आइसिसी टी–२० विश्वकपमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरेको थियो । 

नयाँ जर्सीमा गाढा नीलो र रातो रङको प्रयोग भएको छ । त्यस्तै, एकतर्फको काँधमा नेपालको झन्डाको चन्द्र र अर्कोतर्फको काँधमा सूर्यअंकित छ । त्यस्तै, जर्सी स्पोन्सर नासा सेक्युरिटिजको लोगो जर्सीको बिच भागमा कायम छ । जर्सीको तल्लो भागमा सगरमाथाको संकेत गर्ने चित्र पनि समावेश छ । यसअघि नेपालको नाम लेख्दा पहेँलो रङको प्रयोग भएकोमा नयाँ जर्सीमा सेतो रङकै प्रयोग भएको छ ।

सुझावित समाचार