नेपाली टिम उड्यो युएई

मंगलबार, ७ असोज, २०८२
डिजिटल संस्करण

टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध तीन टी–२० आई सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार संयुक्त अरब इमिरेट्स (युएई) उडेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को पहलपछि नेपाली टिमको भिसा आइतबार भएको थियो । जेन–जीको आन्दोलन युएईले नेपालीलाई भिसामा कडाइ गरेको थियो । त्यसपछि नेपाली क्रिकेटर भिसा पाउन सकेका थिएनन् । नेपालले आगामी २७–३० सेप्टेम्बरसम्म युएईको सारजहाँमा वेस्ट इन्डिजविरुद्ध तीनवटा टी–२० आई खेल्ने तालिका छ । 

गत साता युएईले नेपाली टोलीलाई भिसा नदिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसीको सहारा लिएको हो । गत बिहीबार क्यानले नेपाली टोलीको बिदाई गरेको थियो । क्यानले शुक्रबार युएई पठाउने योजना बनाए पनि भिसाकै कारण टोली रोकिएको थियो । नेपालले वेस्ट इन्डिजविरुद्धको टी–२० आई सिरिजलाई आसन्न विश्वकपअन्तर्गत एसिया छनोटको तयारीका रूपमा लिएको छ । टी–२० सिरिजपछि टोली विश्वकप छनोट खेल्न ओमान जानेछ । 

सुझावित समाचार