सर्वोच्च अदालतमा दसैँ बिदामा पनि बन्दी प्रत्यक्षीकरण र तत्काल सुनुवाइ गर्नुपर्ने मुद्दाको सुनुवाइ नरोकिने भएको छ ।
अदालतले जारी गरेको सूचनामा दसैँ बिदामा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपराह्न तीन बजेसम्म अदालत खुला रहने उल्लेख छ ।
दसैँ अवधिमा घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
अदालतको सूचनामा भनिएको छ, ‘न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपराह्न तीन बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
