गुप्तचरको प्रमुखमा कार्की नियुक्त

आइतबार, ५ असोज, २०८२
डिजिटल संस्करण

राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)को मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त भएका छन्।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गरेको हो। 

हुतराज थापाले २८ भदौमा अवकाश पाएपछि विभागको नेतृत्व रिक्त थियो। नयाँ प्रमुखमा कार्कीसँगै ओम जोशी पनि प्रतिस्पर्धामा थिए। जोशी सिनियर भए पनि सरकारले कार्यक्षमतालाई आधार बनाएर कार्कीलाई नियुक्त गरेको हो। उनको नियुक्तिको निर्णय औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। 

सुझावित समाचार