उदयपुरमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार आज आइतबार त्रियुगा नगरपालिका–३ चाँप बगरटोल बस्ने शंकर राईकी श्रीमती २४ वर्षकी रमिला राईको मृत्यु भएको हो।
उक्त घटनाका सम्बन्धमा प्रहरी अधिकृतसहितको टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।