सुसेला काव्यशालाले भ्रष्टाचारविरोधी जेन–जी आन्दोलनका क्रममा सहिद भएकाहरूलाई सम्झिएको छ। सुसेलाले आफ्नो नियमित काव्यशालाको सातौँ शृंखला जेन–जी सहिदको स्मृति विशेष कार्यक्रम गरेको हो।
शनिबार काठमाडौंको माइतीघरमा सुसेलाले सहिदहरूको सम्झनामा चारवटा गीत श्रद्धाञ्जलीस्वरूप प्रस्तुत गर्याे। कार्यक्रममा सहिदहरूको सम्झनामा (भूपी शेरचन), वी स्याल ओभरकम (पिट सिगर), त्यो पुलिस–प्रशासन, त्यो न्यायालय (देवव्रत) र त्यो जुत्ता साथीको (विनोदविक्रम केसी) गीतहरू गाइएको थियो।
ती गीतहरूलाई सुसेला समूहका अञ्जान बाबु, आरती विष्ट, विराज ढुंगाना, श्रवण गौतम, सवीर कार्की, सौरभ ढकाल र अभिषेक शर्माले प्रस्तुत गरेका थिए।