पाकिस्तानी टिमले गर्‍यो ‘प्रिम्याच प्रेस कन्फरेन्स’ बहिष्कार

आइतबार, ५ असोज, २०८२
डिजिटल संस्करण
  • पाकिस्तानविरुद्धको पछिल्लो पाँच भेटमा भारतले चार खेल जितेको छ । सेप्टेम्बरमा भारतमाथि पाकिस्तानले पाँच विकेटको जित निकालेको थियो ।

एसिया कपको सुपर ४ मा आइतबार चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै छन् । तर, खेलअघि शनिबार भएको प्रिम्याच प्रेस कन्फरेन्समा भारतीय कप्तान सूर्यकुमार यादव उपस्थित हुँदा पाकिस्तानले भने बहिष्कार गरेको छ । पाकिस्तानी टिमको कप्तानमा सलमान अली अगा छन् । उनी खेलअघि पत्रकार सम्मेलनमा उपस्थित भएनन् । भारत र पाकिस्तानबिचको खेल दुबई अन्तर्राष्ट्रिय मैदानमा सवा ८ बजे सुरु हुनेछ । सम्मेलनमा उपस्थित भएका कप्तान यादवले पत्रकारको प्रश्नमा उत्तर दिएपछि पाकिस्तानको नाम नै उच्चारण गरेनन् । उनको यो हर्कतको अहिले सर्वत्र आलोचना भइरहेको छ । 

यससघि सेप्टेम्बर १४ मा भारत र पाकिस्तानबिचको खेल युएईमै भएको थियो । खेलमा पाकिस्तान कमजोर प्रदर्शन गर्दै सात विकेटले पराजित भएको थियो । तर, खेलपछि भारतीय खेलाडीले पाकिस्तानी खेलाडीसँग हात मिलाएनन् । सामान्यतया, खेलमा जस्तोसुकै नतिजा आए पनि विपक्षी खेलाडीसँग सौहार्दपूर्ण सम्बन्ध बनाउन हात मिलाउनुपर्ने नियम छ । तर, भारतीय टोलीले यसो गर्न चाहेनन् । यसपछि पाकिस्तानी टिम आइसिसीसँग नै सन्तुष्ट छैन । 

खेलका अम्पायर एन्डी पाइक्राफ्टले पनि दुवै खेलाडीलाई हात मिलाउन लगाएनन् । भारतीय टोलीलाई नियममा बाँध्न नसकेपछि उनी निकै विवादास्पद भए । उनले खेलाउने खेलमा पाकिस्तानी टिम खेल्न तयार नै भएन । उनलाई हटाउन पाकिस्तानी क्रिकेट बोर्ड नै अघि सर्यो । पछि अम्पायरले पाकिस्तानी टिमसँग माफी नै माग्नुपरेको थियो । त्यसपछि मात्रै एक घण्टा ढिला गरी युएईविरुद्धको खेल सुरु भएको थियो । उनी अम्पायर एन्डीले पुन: भारत र पाकिस्तानबिचको खेल खेलाउने पक्का भएको छ । यसअघि भारतले शुक्रबार ओमानविरुद्ध संघर्षपूर्ण जित निकालेको थियो । ओमानको प्रदर्शनलाई लिएर भारतीय खेलाडीले खुवै प्रशंसा पनि गरे । खेलमा ओमानले मात्र २१ रनको हार व्यहोर्यो । सुरुमा ब्याटिङ गरेको भारतले १८९ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा ओमानले पूरा २० ओभर खेलेर ४ विकेट गुमाउँदै एक सय ६७ रन बनाएको थियो । पत्रकार सम्मेलनमा कप्तान यादवले ओमानको प्रदर्शनको तारिफ पनि गरेका थिए । 

पछिल्लो पाँच भेटमा भारत हाबी
भारत र पाकिस्तानबिचको पछिल्लो पाँच भेटमा भारत हाबी भएको छ । पाँचमध्ये चार खेलमा भारत जित निकाल्न सफल भएको थियो । यसै वर्ष भएको एक मात्रै भेटमा भारत सात विकेटले विजयी भएको थियो । यो खेल युएईमै एसिया कपको समूह चरणमा खेलिएको हो । यसअघि सन् २०२४ मा एक मात्रै खेल भयो । जुनमा भएको खेलमा पनि भारत ६ विकेटले विजयी यो । सन् २०२२ मा दुई टोलीबिच तीन भेट भएको छ । अक्टोबरमा भएको खेलमा पनि भारत चार विकेटले विजयी हुँदा सेप्टेम्बरमा भारतमाथि पाकिस्तानले पाँच विकेटको जित निकालेको थियो । निकै रोमाञ्चक खेलमा पाकिस्तान एक बलअघि जित निकाल्न सफल भएको हो । यता, अगस्टमा भएको खेलमा पनि भारत पाँच विकेटले नै विजयी भएको थियो । 

सुझावित समाचार