खरानी पन्छाएर उठ्न खोज्दै हेटौँडाको भाटभटेनी

मंगलबार, ३१ भदौ, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनका क्रममा जलेर खरानी बनेको हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलस्थित भाटभटेनी सुपर स्टोर पुन: उठ्ने प्रयासमा लागेको छ । आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनीसँगै तोडफोड र लुटपाट गरेपछि उक्त स्टोर पूर्ण रूपमा नष्ट भएको थियो ।

भवन संरचना र उपभोग्य सामग्री जलेर नष्ट हुँदा अर्बौँको आर्थिक क्षति पुगेको छ । भटभटेनीका उपभोग्य सामग्रीदेखि भवन संरचनाका अधिकांश भाग खरानी बनेका छन् ।

२४ भदौमा जेन–जीको प्रदर्शनका क्रममा भाटभटेनीमा आगलागीसहित चोरी र तोडफोड भएको थियो । करिब दुई सयजनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको उक्त भाटभटेनीले अर्बौँको आर्थिक क्षति व्यहोरेको अनुमान गरिएको छ । त्यसमाथि पनि भाटभटेनीमा कार्यरत कर्मचारीको रोजीरोटीको सवालसमेत जटिल बनेको छ । 

रोजीरोटीका लागि भाटभटेनीमा आश्रित श्रमिक कर्मचारी बिहीबारदेखि खरानी पन्छाउन थालेका छन् । सोमबार पनि भाटभटेनीका अधिकांश कर्मचारी जलेर खरानी बनेको स्टोर सरसफाइमा जुटेका हुन् । भाटभटेनीका एक कर्मचारीले त्यहाँ कार्यरत सबै कर्मचारी सरसफाइमा खटिएको बताए । ‘अहिले सबै कर्मचारी मिलेर स्टोरलाई फेरि उठाउने तयारी गरिरहेका छौँ,’ एक कर्मचारीले भने । 

सुझावित समाचार