नैकापमा भएको दुर्घटनामा एकको मृत्यु

सोमबार, ३० भदौ, २०८२
डिजिटल संस्करण

काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ नैकापमा भएको दुर्घटनामा एकजनाको  मृत्यु भएको छ।

लु.१ क ४४२५ नम्बरको ट्यांकर र बा.प्र. ०२–०४५ प ४६४५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार धादिङ थाक्रे गाउँपालिका–२ सिमलेकटी बस्ने ५५ वर्षीय देव बहादुर थापाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको अन्नपूर्ण न्युरो अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो। साथै, दुर्घटनामा घाइते भएका स्कुटरचालकको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्यांकरचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

सुझावित समाचार