‘सन् २०५० सम्ममा बढ्दो समुद्री सतहले १५ लाख अस्ट्रेलियालीलाई खतरामा पार्ने’

सोमबार, ३० भदौ, २०८२
डिजिटल संस्करण

समुद्री सतह बढ्दा सन् २०५० सम्ममा तटीय क्षेत्रमा बसोबास गर्ने करिब १५ लाख अस्ट्रेलियाली जोखिममा पर्ने एउटा ऐतिहासिक जलवायु प्रतिवेदनले चेतावनी दिएको छ ।

अस्ट्रेलियाको राष्ट्रिय जलवायु जोखिम मूल्यांकनले बाढी, चक्रवात, गर्मीको लहर, खडेरी र डढेलोजस्ता गम्भीर जलवायु जोखिमहरूको पूर्वानुमान गरेको छ।

बिबिसीका अनुसार प्रतिवेदनले तीनवटा विश्वव्यापी तापक्रम वृद्धि परिदृश्यहरूलाई हेरेको थियो– १.५ डिग्री सेल्सियसभन्दा माथि, २ डिग्री सेल्सियसभन्दा माथि र ३ डिग्री सेल्सियसभन्दा माथि।

अस्ट्रेलियामा तापक्रम पहिले नै १.५ डिग्री सेल्सियसले बढिसकेको छ। रिपोर्टका अनुसार, ३ डिग्री सेल्सियसको तापक्रममा सिड्नीमा गर्मीसँग सम्बन्धित मृत्यु चार सय प्रतिशतभन्दा बढी र मेलबर्नमा झन्डै तीन गुणा बढ्न सक्छ।

सन् २०५० सम्ममा अस्ट्रेलियामा ‘उच्च र अति उच्च जोखिम क्षेत्रहरू’मा अवस्थित तटीय समुदायहरूको संख्या बढ्नेछ। यदि जनसंख्याको स्तर हालको अवस्थामा नै रह्यो भने यसले १५ लाखभन्दा बढी मानिस जोखिममा पर्नेछन्।

सुझावित समाचार