बर्दियामा चितुवाको आक्रमण एक महिला मृत्युु

आइतबार, २९ भदौ, २०८२
डिजिटल संस्करण

बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।  चितुवाको आक्रमणबाट गुलरिया  नगरपालिका– ११, टडुवाकी  ३६ वर्षीया कविता तामाङ रानाको मृत्यु  भएको हो ।

घरनजिकको  नेपाल केदुवाई सामुदायिक वनमा घाँस  काट्न गएकी रानालाई बिहान ९  बजे चितुवाको आक्रमणबाट गर्दा मृत्यु भएको  वडा १२  अध्यक्ष रामकुमार थारूले  बताए ।

एक महिला पहिला यसै  वडाकी जगतरानी थारूलाई चितुवाले  आक्रमण गरेको थियो । गाउँमा दिनहुँजस्तो चितुवा आएर कुकुर, बाख्रालगायतका घरपालुवा जनावर खाने गरेको स्थानीय भूपेन्द्र बिसीले  बताए । उनले  भने, ‘गाउँमा चितुवा देखिन  थालेपछि स्थानीय त्रसित बनेका छन् भने विद्यालयमा जान विद्यार्थी यही बाटो भएर  हिँड्छन्, उनीहरूलाई पनि विद्यालय जान  डर भएको छ  ।’

डिभिजन वन  कार्यालय बर्दियाको कार्यालय प्रमुखलाई पटकपटक  फोन  गर्दा पनि फोन नउठाउने गरेको बिसीले गुनासो   गरे  । गत  आर्थिक वर्षमा चितुवाको  आक्रमणबाट चारजनाको मृत्यु भएको थियो । जसमध्ये दुईजना गुलरियाका रहेका थिए ।

सुझावित समाचार