जेन–जी आन्दाेलनमा मृत्युवरण गर्नेलाई सहिद घाेषणा, सरकारले जनही १० लाख प्रदान गर्ने

आइतबार, २९ भदौ, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनमा ज्यान गुमाउनेहरूलाई सरकारले सहिद घोषणा गर्दै प्रत्येक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ।

आज पदभार ग्रहण गरेसँगै प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठकमार्फत उक्त निर्णयमा हस्ताक्षर गरेकी हुन्।

त्यसैगरी, आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचारको व्यवस्था गर्न पनि प्रधानमन्त्री कार्कीले सम्बन्धित निकायलाई निर्देशन दिएकी छिन्।

सुझावित समाचार