प्रधानमन्त्री कार्कीले आइतबार साढे ११ बजे कार्यभार सम्हाल्ने

आइतबार, २८ भदौ, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साढे ११ बजे कार्यभार सम्हाल्ने भएकी छिन् । 

सरकार निर्माणमा सहजकर्ताको भूमिका निर्वाह गरिरहेका अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार बिहान साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहण हुनेछ । सिंहदरबारस्थित गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय स्थापना गरिएको छ। पुरानो कार्यालय आन्दोलनकारीले जलाएपछि नयाँ कार्यालयबाट काम गर्न लागिएको हो। 

जेन–जीको आन्दोलनपछि ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने गरी कार्कीलाई चुनावी सरकारको प्रधानमन्त्री नियुक्त गरिएको हो। 

सुझावित समाचार