सिराहा कारागार क्षेत्रवरपर शनिबार साँम्झदेखि कर्फ्यु आदेश

शनिबार, २८ भदौ, २०८२
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय सिराहाले जिल्लाको समग्र सुरक्षा स्थितिको विश्लेषणको आधारमा निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई संशोधन गरी शनिबार साँझदेखि कारागारवरपर कर्फ्यु आदेश जारी गर्ने जनाएको छ । 

सिराहाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले शनिबार सूचना जारी गर्दै जिल्ला सदरमुकाम सिराहास्थित कारागार कार्यालयको पूर्व, पश्चिम, उत्तर र दक्षिणवरपरका एक सय मिटर क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको बताए।

सूचनाअनुसार शान्ति सुव्यवस्था कायम राख्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम शनिबार साँझ ७ बजेदेखि आइतबार बिहान ६ बजेसम्मका कारागार क्षेत्रवरपर कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ। 

सूचनामा कर्फ्यु जारी गरेको स्थानमा आदेशको पालना गरी जिल्लाको समग्र शान्ति सुव्यवस्थालाई सामान्यीकरण गर्न सबैको सहयोगको अपेक्षा गर्दै कर्फ्युको बर्खिलाफ हुने गरी कुनै गतिविधि गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने जनाइएको छ। 

सुझावित समाचार