सेनाले हालसम्म २६८ नाल हतियार बरामद गर्‍यो

शुक्रबार, २७ भदौ, २०८२
डिजिटल संस्करण

नेपाली सेनाले आगजनी र तोडफोडपछि हराएकामध्ये हालसम्म २६८ नाल हतियार बरामद गरेको छ। देशका विभिन्न स्थानहरूबाट २६८ नाल हतियार बरामद भएको सेनाले जनाएको हो।

जसमध्ये एक थान चाइनिज पेस्तोल आजै बरामद भएको हो। सिन्धुली मरिन– ४ स्थायी घर भएका व्यक्तिले आन्दोलनका क्रममा नेपाल प्रहरीबाट लुटेको ९ मिमी चाइनिज पेस्तोल आज बरामद भएको हो। पेस्तोल लुटेका व्यक्तिले काठमाडौंस्थित डल्लु इलाकामा खटिएको नेपाली सेनाको पेट्रोल टोलीलाई सो पेस्तोल बुझाएका हुन्।

सुझावित समाचार