झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको फोक्सो ड्यामेज, आज शल्यक्रिया

कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाको उपचार हुँदै

बिहिबार, २६ भदौ, २०८२
डिजिटल संस्करण

आन्दोलनकारीले घरमै आगजनी गर्दा जलेकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था गम्भीर छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार जारी छ ।

अस्पतालका प्रमुख डा. किरण नकर्मीले चित्रकारको अवस्था गम्भीर रहेको बताए । ‘उहाँको अवस्था क्रिटिकल छ, सघन कक्षमा उपचार भइरहेको छ, फोक्सो ड्यामेज भएको छ, बिहीबार अपरेसनको योजना छ,’ उनले भने । नकर्मीका अनुसार चित्रकारबाहेक २५ जना घाइते उपचारका लागि भर्ना भएकामा २२ जना डिस्चार्ज भइसकेका छन् ।

त्यस्तै, जेनजी युवाहरूको आक्रमणबाट घाइते भएका कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाको उपचार प्रक्रिया नेपाली सेनाको टिमले गरिरहेको छ । दुवैलाई नेपाली सेनाले सुरक्षा दिइरहेको छ भने उपचार पनि सेनाको मेडिकल टिमले गरिरहेको बताइएको छ 
 

सुझावित समाचार