दुईदिने जेन–जी आन्दोलनका क्रममा फोहोर र अस्तव्यस्त बनेका काठमाडौंका मुख्य सडक जेन–जी समूह र महानगर प्रहरीले सरसफाइ गरेको छ । आन्दोलनका क्रममा भएको फोहोर र अवरोध हटाउन जेन–जी समूह आफैँ सरसफाइमा निस्किएका हुन् ।
तोडफोड, ढुंगामुढा र आगजनीका कारण सडक अस्तव्यस्त बनेका थिए । उपत्यकाका सबैजसो सडकमा १७ ट्रकभन्दा बढी फोहोर उठाइएको छ । थुप्रै कबाड सामान उठाइएको छ । सवारीसाधन जलाइएपछि अधिकांश सडकमा फलाम र खरानी थुप्रिएको थियो ।
सडकनजिकका भवन जलाउँदा सडक फोहोर बनेको थियो । सडकमा ढुंगामुढासमेत थुप्रिएका थिए । अहिले मुख्य सडकहरू सरसफाइ भइसकेको महानगर प्रहरीले जनाएको छ ।